jestha nagarik 1
सुनसरी असार १७/पूर्वि पृतना हेड क्वाटर इटहरीमा संचालित पृतनापति ट्रफि खेलकुद प्रतियोगिता २०७३ सम्पन्न भएको छ ।आषाढ १ गतेबाट संचालन गरिएका विभिन्न प्रतिष्पर्धाहरु आज औपचारिक कार्यक्रमकावीच समापन गरिएको हो ।

पूर्वि पृतनाले आयोजना गरेको प्रतियोगितामा फुटबल,भलिबल,बास्केटबल,बक्सिङ लगायतका खेलहरु समावेश गरिएको थियो ।प्रतियोगितामा फुटबल,भलिबल र बास्केट बलमा पुर्वि पृतना अन्र्तगतका गणहरुको सहभागिता रहेको थियो भने अन्य ७ वटा इभेन्टहरुमा श्री नं २, १८ र श्री नं २३ बाहिनी गरी ३ वटा बाहिनी टिमले प्रतिष्पर्धा गरेका थिए ।प्रतियोगिता अन्र्तगत आज बक्सिङका फाइनल खेलहरु संचालन गरिएका थिए ।

प्रतियोगितामा श्री नं १८ बाहिनी अड्डा उत्कृष्ट बाहिनी घोषित भएको थियो ।कार्यक्रमका विजयीहरुलाई पूर्वि पृतनापति उपरथी प्रल्हाद थापाले ट्रफि वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia