१३ साउन, काडमाडौं । शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि उपत्यकाका थुप्रै संस्थागत विद्यालयले शुल्क विवरण बुझाउन अटेर गरिरहेको पाइएको छ ।हरेक शैक्षिक सत्रसँगै विद्यालयले सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा शुल्क विवरण बुझाउनपर्नेमा उपत्यकाका अधिकांश संस्थागत विद्यालयले विवरण बुझाउन अटेर गरिरहेका छन् ।

 उपत्यकामा रहेका करिब १ हजार ५ सय विद्यालयको अनुगमन सम्भव नभए पनि ती विद्यालयले जिल्ला शिक्षा कार्यालयमा शुल्क विवरण भने अनिवार्य बुझाउनपर्छ । तर,शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि विवरण नबुझाउने विद्यालयलाई कारबाहीको दायरामा ल्याउन सकिएकाे  छैन ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरका ३० संस्थागत विद्यालयले शुल्क विवरण बुझाएका छैनन् ।  भक्तपुरमा २ सया ५ संस्थागत र १ सय २७ सामुदायिक विद्यालय छन् । भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुन  रायमाझीले शुल्क विवरण नबुझाउने विद्यालयलाई अन्तिम पत्र काटिसकिएको बताए । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia