काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले विद्यार्थीसँग चर्को आवेदन शुल्क लिएर स्नातक तहको प्रवेश परीक्षालाई आम्दानीको स्रोत बनाउने गरेको छ।
आईओएमले प्रवेश परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी तीन हजार पाँच सय रुपैयाँ तोकेको छ। यो रकम एउटा कार्यक्रमको मात्रै हो। एमबीबीएसमा आवेदन गर्ने विद्यार्थी बीडीएसमा पनि फाराम भर्न चाहेमा थप तीन हजार पाँच सय तिर्नुपर्ने हुन्छ।
आईओएमका आंगिक र सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष ०७३÷७४ का लागि एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ, बीपीएच, बीएनएस कार्यक्रमको प्रवेश परीक्षाको फाराम गत बिहीबारदेखि अनलाइनमार्फत भर्ने गरी खुल्ला गरिएको छ।
फाराम भर्ने म्याद भदौ १८ सम्म छ। शिक्षा मन्त्रालयले एक वर्ष अघिसम्म छात्रवृत्तिको परीक्षा सञ्चालन गर्न एक हजार रुपैयाँ मात्रै लिने गरेको थियो। अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।








