जुरिच । डिएगो म्याराडोनाले फिफामा दूतको भूमिका पाउने भएका छन् । फिफाले अर्जेन्टिनी महान् खेलाडीलाई संसारभर फुटबल खेलको प्रवद्र्धनमा उतार्न चाहेको छ । ५६ बर्षीय म्याराडोना विकास परियोजनाहरुमा संलग्न हुनेछन् ।
गत महिना म्याराडोनाले फिफा मूख्यालयमा फुटबलसमेत खेलेका थिए । सन् २००९ मा फिफाबाट अनुशासन कारबाहीमा तानिएयता उनको यो पहिलो फिफा भ्रमण थियो ।आजको कान्तिपुर दैनिकमा खबर छ ।








