
इनरुवा फागुन ८ /इनरुवाको खेल मैदानमा आइतवारबाट अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ । नव युवा फुटबल क्लब इनरुवा सुनसरीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले गरेका थिए ।
प्रमुख अतिथि मेहताले खेलाडीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन सत्रमा थारु कल्याणकारिणी सभा इनरुवा नगर अध्यक्ष मोहीनारायण चौधरी, सुनसरी जिल्ला खेलकुद बिकास समितिका सदस्य वसन्त सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा नीजि तथा सामूदायिक गरी १२ विद्यालयले भाग लिएका छन् । नवयूवा फुटबल क्लबका अध्यक्ष जीवन श्रेष्ठका अनुसार प्रतियोगिताको फाइनल फागुन १६ गते हुने छ ।








