रामधुनी साउन २३/सुनसरीको रामधुनी नगरपालिकामा पहिलो पटक मिनी म्याराथुनको आयोजना हुने भएको छ ।पिको संस्था रामधुनीले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी साउन २८ गते विहान म्याराथुन दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।

म्याराथुनका प्रतियोगिहरुले झुम्का लगौना चौक देखि रामधुनी मन्दिर परिषर सम्मको ९ किलोमिटरको दुरी तय गर्नु पर्ने छ ।रामधुनी मन्दिरको पर्यटन प्रर्वद्धनको उद्येश्यसाथ आयोजना गर्न लागिएको दौडमा एक हजार बढीको सहभागिता जुट्ने आयोजकको अपेक्षा छ ।

संस्थाका अध्यक्ष सुदिप अधिकारीले पत्रकार सम्मेलनकावीच म्याराथुन प्रतियोगितामा सहभागि मध्येबाट उत्कृष्ट ठहरिनेहरुलाई नगद सहित सम्मान गरिने जानकारी दिए ।









