५ असोज, इनरुवा । विश्व शान्ति दिवसको अवसरमा इनरुवामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । यूएनडिपीको सामाजिक सद्भाव कार्यक्रम लागु रहेको सुनसरीको साविक चाँदबेला र नरसिंह गाविसका यूवावीच मैत्री पूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो । नगरप्रमुख राजन मेहताले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
आपसी सम्वन्ध र सामाजिक सद्भाव अभिवृद्धिका लागि दुई भिन्न समूदाय र गाउँवीच प्रतियोगिता आयोजना गराइएको यूएनडिपीका सामाजिक सद्भाव कार्यक्रमका क्षेत्रिय निर्देशक राजेन्द्र सुब्बाले जानकारी दिए । यसैगरी विश्व शान्ति दिवसकै अवसरमा इनरुवामा रहेको महानन्द बाटिकामा वृक्षारोपण गरिएको छ ।
नगरप्रमुख राजन मेहता सहितको उपस्थितीमा विभिन्न प्रजातिका विरुवा रोपिएका छन् । उक्त पार्कको निश्चित क्षेत्रलाई सामूदायिक विकास संस्था र संकल्प सिबिआरको समन्वयमा युएनडिपीले सद्भाव बाटिकाका रुपमा विकसित गर्ने जिम्मा लिएको सामूदायिक विकास संस्थाका कार्यक्रम निर्देशक धिरज भट्राईले जानकारी दिए । सामाजिक सद्भावकै लागि अशोज ७ गते शनिवार गढी गाउँपालिकामा वृहत मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको संकल्प सिबिआरका कार्यक्रम निर्देशक लखनलाल शाहले बताए ।











