इनरुवा असोज ७/सुनसरीको साविक चाँदबेला र नरसिंह गाविसमा यूएनडिपीको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता नामक कार्यक्रम संचालनमा छ । नरसिंहमा सामाजिक विकास केन्द्रले स्थानीय तहमा कार्यक्रम संचालन गर्दै आएको छ भने चाँदबेलामा संकल्क सिबिआर नेपाल इनरुवा सुनसरीले उक्त कार्यक्रमलाई निरन्तरता दिदैंआएको छ ।

कार्यक्रमको प्रमुख उद्येश्य समाजमा सद्भाव र एकआपसमा आपसी सद्भाव कायम गराउनु हो । जसकालागि विभिन्नखाले कार्यक्रमहरु गरिंदै आइएको छ । विश्व शान्ति दिवसको अवसर पारी सामाजिक सद्भाव अभिवृद्धि गराउने उद्येश्य सहितका सचेतना र सामाजिक दायित्व वहन सम्वन्धि विविध कार्यक्रम भएका छन् । जसको प्रमुख उद्येश्य स्थानीय तहमा सद्भाव कायम गराई अर्थपूर्ण सहभागिता गराउनु हो ।

संकल्प सिबिआर नेपाल इनरुवा सुनसरीले शनिवार अन्तराष्ट्रिय शान्ति दिवस २०१७ को सन्दर्भमा मैत्री यूवा फुटबल प्रतियोगिता २०७४को आयोजना गर्यो । मैत्रीपूर्ण प्रतियोगितामा सहभागिहरुकालागि जर्सि, बुट र फुटबल आयोजक संस्थाले उपलब्ध गराएको थियो । यूएनडीपीको आर्थिक सहयोगमा सूचनाको हक यूवा संजाल औरावनी र चाँदबेलाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा औरावनी र चाँदबेला यूवा संजालले सबै जातजातीको समानुपातिक प्रतिनिधित्व हुनेगरी समावेशीपूर्ण छनौटका आधारमा तय गरिएका खेलाडीलाई मैदान उतारेका थिए ।

आपसी सद्भावकालागि आयोजना गरिएको मैत्रीपूर्ण प्रतियोगितालाई आयोजकले औपचारिक कार्यक्रमका साथ सुरुवात गरेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव सहित औरावनी र चाँदवेलाका वडाबाट प्रतिनिधित्व गर्ने जननिर्वाचित पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गढी गाउँपालिका अध्यक्ष यादवले सामाजिक सद्भाव कार्यक्रम स्थानीय तहमा प्रभावकारी बनेको धारणा राखे । उनले आपसमा सद्भावको भाव अभिवृद्धिकालागि भैरहेका कार्यको प्रशंशा गर्दै गाउँपालिकाका तर्फबाट सक्दो सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा यूएनडीपीका सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमका क्षेत्रीय निर्देशक राजेन्द्र सुब्बाले स्थानीय तहका समस्या पहिचान गरी आवश्यक्तानुकुल साथ, सहयोग र कार्यक्रमहरु संचालनमा ल्याउन यूएनडीपी हरपल तयार रहेको बताए ।
मैत्रीपूर्ण फुटबल प्रतियोगिताका माध्यमबाट यूवामैत्री अवधारणाको विकास सहित आपसी सद्भाव प्रगाढ बनाउन मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको संकल्प सिबिआर नेपाल इनरुवा सुनसरीका अध्यक्ष लखनलाल साहले बताए । प्रतियोगिता साविक औरावनी वडा नम्वर २ हालको गढी गाउँपालिका वडा नम्वर २ मा रहेको खेल मैदानमा आयोजना गरिएको थियो । मैत्रीपूर्ण प्रतियोगिता हेर्न स्थानीय सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia