३ पुस, काठमाडौं। नेपालका जेल, ठमेल भन्दा कम नहुने भए । असली राशलीला त जेलमा पो चल्ने भयो । कैदी बन्दीको प्रजनन अधिकार दिनु भन्ने सर्वोच्च अदालतको निर्देशलाई पालना गर्दै कारागार व्यवस्थापन विभाग जेलभित्रै सेक्स रुम तैयारीमा जुटेको छ । डाइरेक्टर कृष्णचन्द्र घिमिरेका अनुसार श्रीमान जेलमा भएका भए श्रीमती र श्रीमान जेलबन्दी भए श्रीमानलाई जेलमै निरन्तर ७ दिन प्रजनन अधिकार दिने व्यवस्था हुनलागेको बताए ।
संसारमा अन्यत्र त्यस्तो सुविधा होस् कि नहोस्, नेपालका जेलमा अब बच्चा छैन भनेपछि जेलवन्दी अपराधीले मजाले सात दिनसम्म सुहागरात मनाउन पाउने भएका भएका छन् । सन्तान नहुनेले मात्र यो सुविधा पाउने गरी व्यवस्था हुँदैछ । तर…सन्तान उत्पादन गर्न पाउने सूचीमा बिकिनी किलर चाल्र्स शोभराज पनि परेका छन् । उनले नेपाली केटी निकिता विश्वाससँग प्रेम गरेका छन् र स्वयम् निकिताले समेत उनको मुद्दा लडेकी र प्रेमको खुलासा गरेकी थिइन् । यो उत्पात मजा अब नेपालीले सुन्न पाउने भएका छन् । कति जेलबन्दीले प्रजननका नाममा सन्तान जन्माउने हुन्, कतिले यो सुविधाको दुरुपयोग गरेर जेललाई ठमेलको मसाज सेन्टर बनाउने हुन्, हेर्न बाँकी छ ।न्यूज अभियानको सहयोगमा









