muslim-welfare-society-nepa

मंसिर १९। मुस्लिम वेलफेयर सोसाईटी नेपालले तिन महिने अंग्रेजी भाषा तालिमको आज एक कार्यक्रमकाको बिच उद्घाटन गरेको छ । सोसाईटीका केन्द्रिय अध्यक्ष रहमतुल्लाह मियाँको सभापतित्व सम्पन्न उदघाटन समारोहलाई सम्बोधन गर्दैप्रमुख अतिथी ईन्जिनियर जक्की अहम्दले तिन महिने तालिमबाट बिद्यार्थीहरुलाई धेरै फाईदा पुग्ने बिश्वास व्यक्त गर्दै अंग्रेजी भाषा बिश्वकै सम्पर्क भाषाभएको हुनाले यसको महत्व निकै नै ठुलो रहेको बताए ।कार्यक्रममा मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले जति सुकै पढे पनि अंग्रेजी भाषाको ज्ञान नभए अनपढ सरह नै लाग्ने हुदाँ मातृभाषा र राष्ट्रिय भाषा आफनै महत्व हुदाँ समेत अंग्रेजी भाषाको ज्ञान नभए आजको युगमा बिद्यार्थीको जिवन अधुरो नै रहने बताए। तालिमका प्रशिक्षक अकबर हवारीले अन्र्तराष्ट्रिय सम्पर्क भाषाको रुपमा अंग्रेजी भाषा रहेको हुनाले देश देखि बिदेश सम्म यसको छुटै नै महत्व रहेको बताए । कार्यक्रममा बाराकी महिला अधिकारकर्मी एवं तमलोपा नेतृ पिंकी यादवले कुनै पनि तालिममा महिलाहरुले बढी ईमन्दारीपुर्वक सिक्ने हुदाँ यस तालिममा सहभागि छात्राहरुलाई निकै फाईदा पुग्ने बिश्वास व्यक्त गरिन । उदघाटन समारोहमा कार्यक्रम संयोजक एवं पत्रकार एस.एमजहाँगस्तले स्वागत मन्तव्य एवं ईस्लामिक संघका केन्द्रिय सदस्य मुज्तुवा अंसारीले सहजीकरण गरेका थिए । कार्यक्रममा डाक्टर हसिबु रहमान,भोला अंसारी,जमिल अख्तर,मुरतुजा अंसारी, प्रशिक्षकद्वव अकबर हवारी ,फरमुद मियाँ लगायत बिद्यार्थीहरु, संचारकर्मी र स्थानियवासीन्दाहरुको उपस्थिती रहेको थियो । तिन महिने तालिम वीरगंज १७ स्थित सुफा आईडियल एकेडेमी गण्डक बहुअरीमा संचालन गरिने संयोजक एस.एमजहाँगस्तले बताए । उक्त तिन महिने अंग्रेजी भाषा तालिम  वामी नेपालको प्रायोजनमा हुन लागेको हो।बिजपाटिबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia