पानीपुरी कहाँबाट आयो र प्राय युवायुवतीहरु पानीपुरी किन खाने गरेका छन् ? यसको रोचक प्रसँग यस्तो रहेको छ। पानी पुरी भारतको मगध क्षेत्रबाट सुरुवात भएको हो। यहाँको दक्षिणी भूभाग बिहारको नामबाट चिन्‍ने गरिन्छ भने यसलाई फुल्की समेत भनेर भन्‍ने गरिन्छ। सर्व प्रथम यहीबाट पानी पुरी बनाइएको थियो। र यही पानी पुरी चर्चित हुँदै विश्‍वभर फरक फरक नामबाट परिचित हुन पुग्यो। यसलाई कुनै ठाउँमा गोलगप्पेको नामबाट चिनिन्छ भने कही पानी पतासेको नामबाट चिनिन्छ।

यसका साथै यसलाई खाली पकौडाको नामबाट चिचिन्छ भने कही वादिस्ट चाट व्‍यञ्जनको नामबाट चिनिन्छ। यसको सेवनले मानिसको जिब्रोमा स्वादको मज्जा भरिदिनुका साथै नखाइ नहुने बानीको विसका गरिदिन्छ र सधै खाऔखाऔ बनाइदिन्छ।

पानीपुरीलाई सही ढंगबाट बनाएर खाएमा यसले शरीरलाई एसीडिटीबाट राहत दिलाउँछ भने मुडलाई फ्रेस बनाउँछ। यतिमात्रै नभई यसलेसाथीसँगको सम्बन्धलाई झन गाढा बनाइदिने गरेका छन्। यही कारण युवतीहरु प्राय पानी खान पल्किरहेका हुन्छन्। किनकी युवतीहरु साथीसँग रमाउन र मित्रतालाई सधै गाढा बनाइ राख्‍न चाहन्छन्।एक अनुसन्धानले पानीपुरी पुरै क्यालोरी फूड भएको बताइएको छ। यसको एक प्लेट पानीपुरीमा चार वटा पीस हुने गरेको छ भने त्यसमा करीब सय क्यालोरी हुने गर्छ। तर मानिसहरु एकै पटक धेरै खाएर शरीरलाई अस्वस्थ बनाइरहेका हुन्छन्।

यसका साथै यसलाई शरीरको तौल घटाउने वा बढाउने उद्देश्‍यले खानुहुँदैछ भने पनि यसले तपाईलाई फाइदा गर्दैन किनकी यसले न तपाईको तौल घटाउँछ न बढाउँछ। किनकी यो एक प्रकारको जंक फूड पनि हो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia