२७ माघ, मिकाइल आलम इनरुवा। सुनसरीको भाणटावारीमा दुई देशयी क्रिकेट प्रतियोगिता सुरु भएको छ। सेव द सुनसरीको आयोजनामा शनिबार देखि भाणटावारीमा दुई देशयी क्रिकेट प्रतियोगिता सुरु हो । प्रतियोगिता एक भव्य कार्यक्रमका बीच प्रमुख अतिथि कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अन्सारीले खेलकुदले राष्ट्रलाई संसार भरी चिनाउने भएकोले स्थानीय स्तरबाट खेलकुदलाई प्रोत्साहन गर्न आफू तत्पर रहेको जिकिर गरेका थिए । अन्सारीले भाणटावारीमा निकै प्रतिभावान खेलाडीहरु रहेको आफूले पाएको बताउदै यस क्षेत्रमा क्रिकेट खेलाडी उत्पादन गर्न आफू जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । सोही कार्यक्रममा मन्तव्य राख्दै प्रतीक्षण दैनिकका सम्पादक तथा प्रकाशक इकबाल अहमदले खेल र खेलाडीले देशलाई चिनाउने माध्यम भएकोले खेलकुदमा सरकारले अझै धेरै लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
उद्घाटन समारोहमा कोशी गाउँपालीका वडा नम्बर १ का अध्यक्ष राजु साह,२ का हिरालाल यादव,३ का सुलेमान मन्सुरी,४ का अमीन नेपाली,५ का साजमाल,७ का अध्यक्ष रामचन्द्र महतो,वडा नम्बर ८ का अध्यक्ष विन्देश्वर यादव,श्री आधारभूत विद्यालयका प्रअ मोहित नारायण मण्डल,व्यवस्थापन समितिका अध्यक्ष,उमेश यादव,नेपाली काङ्ग्रेसका बलराम क्षेत्री,मन्जुर आलम,स्थानीय नुर आलम,हाजी उसमान,ऐजुल मिया,मिन्तुल मिया,शत्रुघ्न चौधरी लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोह सेव द सुनसरीका अध्यक्ष तजमुल मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम मिथुन देव संचालन गरेका थिए । शनिबार भएको उद्घाटन खेलमा भाणटावारीलाई ४ विकेटले पराजित गर्दै भारतको बसमतिया सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै भाणटावारीले दिएको ९२ रनको चुनौती बसमतियाले १५ औं ओभरमा पुरा गरेको थियो । बलिङ तर्फ भाणटावारीका सदरे आलमले ३ विकेट लिएपनि टोलिलाई पराजयबाट जोगाउन सकेन । सो खेलको म्यान अफ द म्याच बसमतियाका प्रदिप भएको स्थानीय दिलजान आलमले बताए । आज आइतबारको खेल भारतको भिमनगर र राजबिराज बीच हुनेछ । प्रतियोगितामा जम्मा ८ वटा टोलिको सहभागिता रहेको छ ।










