इनरुवा जेठ २७ /आइतवार दिउँसो इनरुवामा सुनसरीका सिडिओ र मेयरबिच हानाहान भएको छ ।चर्को घाममा रापिएका दुवै पक्ष र विपक्षमा उभिएपछि करिब २० मिनेटको समय दोहोरो हानाहान भएको हो ।सिडिओ आफ्नो नेतृत्वको टोलीका साथ मैदानमा रहँदा नगर प्रमुख मेहता समेत तयारीका साथ भिड्न पुगेका थिए ।दुवै कोही भन्दा कम देखिएनन् । करिब २० मिनेटको समय चर्को घाममा मैदानमा भिडेको दुवै टोली केहीसमयपछि लखतरान देखिनथ्यो । सिडियो, एसपी, डिएसपी र मेयर बढी थकित देखिन्थे ।

सिडिओ र मेयरलाई भिगोरस नेपाल इनरुवा सुनसरीले प्रदेश स्तरीय इनरुवा गोल्डकपको पूर्वसन्ध्यामा मैदान उतारेको थियो ।इनरुवा खेल मैदानमा भएको मैत्रीपूर्ण फुलबल खेलमा दुवै टोलीले सुरुवाती अवस्थाबाटै विपक्षी खेमातर्फ बल हानाहान गरेका थिए ।दिउँसो १ बजेकालागि तय गरिएको खेल चर्को घामका कारण साढे ४ बजेपछि खेलाइएको थियो ।मैत्रीपूर्ण खेलमा सहभागिता जनाएका सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र नगर प्रमुख राजन मेहता दुई भिन्नाभिन्नै टोलीको नेतृत्व गर्दै चर्को घामका बाबजुत मैदान उत्रिएका थिए ।

निकै फुर्तिलो देखिएका मेयर राजन मेहताले बललाई आफ्नो पकटमा राख्न विपक्षी खेलाडीलाई छक्याउन खोजेको दृष्य निकै रमाइलो देखिन्थ्यो । पसिना पुछ्दै बल खोस्न भन्दापनि खुट्टामा बल आइपुगे परतिर हुत्याउन खोज्ने प्रजिअको शैली समेत दर्शकले निकै रुचाएका थिए ।मैत्रीपूर्ण खेलमा सीमा सुरक्षा बल सुनसरीका एसपी सुरेशकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायणप्रसाद चिमरिया लगागतका खेलाडी चर्को घाममा बलको पछाडी दगुरेका थिए । खेलमा कुनै पक्षले गोल भने गर्न सकेन् । खेलको उद्घाटन पूर्व मंत्री बिजयकुमार गच्छदारले गरेका थिए ।

मैत्रीपूर्ण खेलले आपसी सम्वन्ध सुदृढ बनाउनुकासाथै दर्शकमा खेलप्रतिको उत्साह जगाएको भिगोरस नेपालका अध्यक्ष रोहित दर्नालले बताए । मैत्रीपूर्ण खेलपश्चात इनरुवा गोल्डकपको पहिलो खेलमा शान्तिदीप इनरुवा र झापाबिच खेल भएको छ ।प्रतियोगिता हेर्नकालागि २० रुपैंयाको टिकट काट्ने व्यवस्था मिलाइएको छ । इनरुवामा संचालित जुनकुनै प्रतियोगितामा टिकटको व्यवस्था गरिएको पहिलो पटक हो । टिकटका बाबजुत उल्लेख्य संख्यामा दर्शक मैदान पुगेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia