काठमाडौं । ईङलिस प्रिमियर लिग फुटबलको म्यानचेष्टर डर्बीमा सिटीले युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । आफ्नो अपराजित यात्रालाई १२ औं खेलसम्म पुर्‍याएको सिटी ३२ अंकमा शीर्ष स्थानमा कायम छ ।६५ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको सिटीले १२ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमै अर्जेन्टिनी स्टार सर्जियो अग्युरोले गोल थपेपछि गृहमैदान इत्तिहाद स्टेडियममा सिटी अग्रता दोब्बर बनाउन सफल भयो । एन्थोनी मार्टिएलले ५८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै युनाईटेडको आशा जगाएपनि ८६ औं मिनेटमा एल्के गुण्डोगानले गोलपछि सिटी ३–१ ले विजयी भयो ।

हारपछि पनि युनाईटेड २० अंकमा आठौं स्थानमा कायम छ ।  १२ खेलको समाप्तिमा लिभरपुल ३० अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएरातीनै फुलहामलाई २–० ले हराउदै लिभरपुलले पनि अपराजित यात्रालाई निरन्तरता दिएको छ । लिभरपुलको जितमा महम्मद सालेह र जर्दान साकिरीले गोल गरे ।  गएराती नै चेल्सी र एभर्टनले गोलरहित बराबरी खेल्दा आर्सनल, वोल्भर हेम्प्टनसँग बराबरीमा रोकियो ।बराबरीपछि २८ अंक भएको चेल्सी तेस्रो स्थानमा झरेको छ भने आर्सनल २४ अंकमा पांचौ स्थानमा कायम छ । गएरातीका चार खेलको नतिजाले शीर्ष तीन स्थानमा प्रभाव पारेपनि थप तालिका भने यथावत छ । समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia