भुटाहा । सुनसरीको हरिनगर गाउँपालिकामा प्रथम वडा स्तरीय नकाउट फुटबल खेल प्रतियोगिता सुरु भएको छ । हरिनगर गाउँपालिका वडा नम्बर १ मा रहेको एपोलो ११ युथ स्पोर्टस क्लब हरिनगर गा . पा. (भुटाहा ) सुनसरी को आयोजना र हरिनगर गा. पा. एवं ७ वटै वडा कार्यालयको सहयोगमा प्रथम वडा स्तरीय छ्नोट फुटबल प्रतियोगिता सुरु गरिएको छ ।
सो खेलमा राम्रो खेलने खेलाडीहरुलाई छनोटगरि गाउँपालिका स्तरीय टिम निर्माण गर्ने उदेश्य रहेको आयोजक टिमले जनाएको छ । पहिलो खेल हरिनगर गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ४ को बीच खेल भएको हो । प्रथम वडा स्तरीय छनोट प्रतियोगिता को प्रमुख अतिथि क्षेत्र नम्बर ४ ख का प्रदेश सभासद हाजी तहिर अन्सारी ,विशिस्ट अतिथीहरु हरिनगर गाउँपालिका उपाध्यक्ष रिम्झिम भगत ,नेकपा केन्द्र सदस्य महफुज अन्सारी ,वडा नम्बर १ का वडा अध्यक्ष लतिफ अन्सारी अतिथिहरु इलाका प्रहरी कार्यालय हरिनगराका प्रमुख भिम बहादुर श्रेष्ठ , शस्त्र प्रहरी बेस क्याम्प भुटाहा डिएसपी निर्मल थापा लगायतको उपस्थिति रहेको थियो ।
सो खेलमा राम्रो खेलने खेलाडीहरुलाई छनोट गरि गाउँपालिका स्तरीय टिम निर्माण गर्ने उदेश्य रहेको आयोजक टिमले जनाएको छ । यसैबीच शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा ४५ मिनेट समय भित्र कुनै टिमले गाेल गर्न सफल भएको थिएन । १५ मिनेटको थप समयमा पनि कुनै टिमले गाेल गर्न सफल नभएपछि पेनाल्टी शुटमा वडा नं. ४ हरिनगरलाई १ गाेलले हराउँदै वडा नं. १ भुटाहा विजय भएको हाे। सो खेल हरिनगर गाउँपालिकाका ७ वटै वडाहरुमा रहेको खेलाडीहरु मात्र सहभागिता हुने आयोजक संस्थाका सदस्य इरफान अन्सारीले बताए ।










