काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलको नवौँ चरण सकिदा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लव २७ अंकमा तालिकाको शिर्ष स्थानमा कायमै रहँदा रुस्लान थ्रीस्टार क्लव २२ अंकमा तालिकाको तेस्रो स्थानमा झरेको छ ।संकटा २४ अंकमा दोस्रो स्थानमा उक्लदा मछिन्द्र र न्युरोड टिम एनआरटीले जितको खाता खोल्न सकेनन् ।  नवौ चरणको अन्तिम खेलमा थ्रीस्टार र त्रिभुवन आर्मी तथा पुलिस र ब्रिगेड ब्वाईजले एकरएक गोलको बराबरी खेल्दै अंक बाँडे । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा थ्रीस्टारसँग बराबरी खेल्दै आर्मीले अंक खोस्न सफल भयो ।

दोस्रो हाफमा थ्रीस्टारले निराजन खड्काको गोलमा अग्रता लिएपनि दोस्रो हाफको ईन्जुरी समयमा आर्मीका जर्जप्रिन्स कार्कीले बराबरी गोल फर्काए । आर्मी १८ अंकमा तालिकाको चौथो स्थानमा छ ।  सोही मैदानमा आजै भएको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लव र ब्रिगेड ब्वाईज क्लवले पनि अंक बाँडे ।

पहिलो हाफको पाँचौ मिनेटमा रितिक खड्काको गोल मार्फत बिग्रेडले अग्रता लिएपनि दोस्रो हाफमा पुलिसका अविशेक रिजालले बराबरी गोल फर्काउँदै अंक बाँड्न सफल भए । १५ अंकमा पुलिस पाँचौ तथा ५ अंक भएको ब्रिगेड ११ औ स्थानमा छ । दशौँ चरणका खेल पर्सिदेखि सुरु हुनेछ । समाचार कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia