काठमाडौं । केही साताअघि ‘नथिया’ उपन्यासकी लेखिका सरस्वती प्रतिक्षा आफ्ना पूर्वपतिसँग सँगै खाना खाएको विषयले चर्चामा आइन् ।सम्बन्ध जोड्ने बेलामा जुन सहजताका साथ लिइन्छ, त्यो सम्बन्ध टुटेपछिको सम्बन्धलाई रुचाइदैन ।

अब यस्ता तरिका सिको गर्ने पनि देखिने थालेका छन् । एक वर्षअघि सम्बन्ध विच्छेद गरेकी हाँस्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले भने डिभोर्सको बार्षिकोत्सव मनाउने भएकी छन् ।डिभोर्सअघिसम्म त्यति चर्चामा नरहेकी उनी त्यसपछि अन्तर्वार्ता र गीत गाएर चर्चामा आइन् । अब उनले डिभोर्स भएको एक वर्ष पूरा भएको अवसरमा उनले बुधबार नयाँ बानेश्वरमा रहेको आफ्नो बुटिकमा चियापानको आयोजना गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘भोलि ११ गते म स्वतन्त्र भएको एक बर्षको उपलक्ष्यमा मेरा आत्मीय शुभचिन्तकहरुलाई चियापानको लागि आमन्त्रण गर्दछु’।गत वर्ष सम्बन्ध विच्छेद गरेका मनोज गजुरेल र मीना ढकालका एक छोरा र एक छोरी छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् । समाचार राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia