काठमाडौं । नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको छ । सोमबार दुबईस्थित आइसिसी एकेडेमीमा भएको तेस्रो तथा निर्णायक खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गर्दै २–१ ले जितेको हो । यसअघि पहिलो खेलमा युएई ७ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको थियो । सोमबार युएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ६ विकेटको क्षतिमा पार गर्यो ।

नेपाललाई जित दिलाउने क्रममा कप्तान कप्तान पारस खड्काले शतक प्रहार गरे । योसँगै कप्तान पारस नेपालका लागि एकदिवसीय खेलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । समाचार राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia