इनरुवा। इनरुवा नगरपालिकाको कार्यालयले इनरुवा १ स्थित रहेको खेल मैदान (इनरुवा रंगशाला) मा हाललाई कुनै पनि किसिमको खेलकुद प्रतियोगिता संचालन नगर्न सूचना जारी गरेको छ । इनरुवा नगरपालिका कार्यालयका प्रमुख राजन मेहताले बुधबार सूचना जारी गरी खेलमैदान (इनरुवा रंगशाला) को स्तरउन्नती गरी व्यवस्थित रंगशाला बनाउन माटो पुर्ने, प्याराफिट निर्माण गर्ने लगायतका कामहरु गरिने भएकोले अर्को सूचना प्रकाशित नभए सम्म सो खेलमैदानमा कुनै पनि किसिमको खेलकुद प्रतियोगिता संचालन नगर्न हुन सम्बन्धित सबैलाई आग्रह गरेका हुन् । इनरुवा नगरपालिका कार्यालयले बिभिन्न निकायको सहकार्यमा खेलमैदानको स्तरउन्नती र विकास गर्नमा पछिल्लो समय लागि परेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia