लौकही । सुनसरी जिल्लाको सिमावर्ती गाउँपालिकाको रूपमा अवस्तिथ रहेका कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अंसारीले खेलकुद प्रतियोगिताको मध्यमबाट भाइचाराको सम्बन्धलाई कायम गर्ने तथा स्थानीय गाउँबासिहरुको लागि रमाइलो समेत हुने बताएका छन।

मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालिका ५ श्रीपुर कुम्याहीको आयोजनामा र कोशी गाउँपालिका कार्यालय लौकही सुनसरीको आर्थिक सहयोगमा संचालन भएको छ। दोस्रो अध्यक्ष कपको उद्घाटन सत्रका प्रमुख अतिथि कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अंसारी बिशिस्ट अतिथि नेकपाका सुनसरी जिल्ला कमिटि सदस्य अजय कुसियैत, बिशिस्ट अतिथि कोशी गाउँपालिका ५ नं वडा वडा अध्यक्ष साहजमाल, बुद्धिजीवी इसमाइल हक अतिथिहरुमा कोशी गाउँपालिकाका समाजिक बिकास शाखा अधिकृत राज किशोर मेहता, जिन्सी शाखाका श्याम किशोर मंडल लगायतको उपस्तिथि रहेको थियो । उक्त उद्घाटन खेलमा तबलिक युवा क्लब छाताबेली र सयपत्री युवा क्लब कालाबंजर बिच प्रतिस्पर्धा भएको थिए। सोही उद्घाटन खेलमा तबलिक युवा क्लब छाताबेलीलाई १ गोलले पराजित गर्दै  सयपत्री कालाबंजर बिजय भएको हो। ६० मिनेटको खेलमा पहिलो ३० मिनेट सम्म दुबै टिम बराबरीको अवस्थामा रहेको थियो भने मध्यान्तर पछिको ३० मिनेटमा कालाबंजरले तबलिक युवा क्लबलाई १ गोल दिएर आफ्नो जित सुनिश्चित गरेको थियो उक्त खेलको म्यान अफ द म्याच राकेश चौधरी भएका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia