लौकही । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले खेलकुद जिवनको अभिन्न अंग रहेको बताएका छन। कोशी गाउपालिका ५ श्रीपुरमा सञ्चालित दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा युवा एकता क्लब दुहबी बिजय भएको छ । मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालिका द्वारा आयोजना गरिएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा युवा एकता क्लब दुहबी भर्सेस राजा बाँस युथ क्लब राजाबांस बिच प्रतिस्पर्धा भएको आयोजकले जनाए ।

उक्त फुटबल प्रतियोगितामा जम्मा १७ वटा टिमको सहभागीता रहेको थियो। खेलकुद समारोहका प्रमुख अतिथि कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, बिशिस्ट अतिथि कोशी गाउँपालिका ५ का वडा अध्यक्ष साहजमाल वडा नं. १ अध्यक्ष राजकुमार साह अतिथिहरुमा जिल्ला समन्वय समिती सुनसरीका सदस्य नौशाद आलम लगायतको जन सहभागीता रहेको आयोजक समितीले जनाएको छ।








