प्रतियोगिता दाबेदारका रुपमा हेरिएको मलेसिया ११ ले इनरुवामा जारी एमएम कपमा विर्सनलायक प्रदर्शन गरेको छ ।सुदुरपश्चिम प्रदेश संगको खेलमा मलेसियन टिमले नसोचेको पराजय भोगेको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1028885484176443/1028885020843156/?type=3&av=112654112466256&eav=AfZddbp0L0LoHipitaeTDfdSdpRdRNOBFCMuBg7i-DNFeuJm43Bwvb6lGTCBXLEgWOo&theater
इनरुवा खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको मलेसिया सुदुरपश्चिम सामू पूर्ण रुपमा निरीह बन्यो र प्रतियोगिताकै कम स्कोरमा समेटिन पुग्यो ।पिच कन्डिसन बुझ्न नसकेको मलेसिया स्पीन अट्याक झेल्न नसक्दा सुरुवाती ओभरबाटै दबाबमा आयो र निरन्तर विकेट गुमाउँदै २२ ओभरमा मात्र ४९ रन बनाउँदै समेटियो ।मलेसियाका भिरनदीप सिंहले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1028885484176443/1028885100843148/?type=3&av=112654112466256&eav=AfYGuXsl_J_wBl2OfddRzn8L2mLmou94md1m2lSRCWql_CREK9RWA0TNGdf2R4BIrUk&theater
मलेसियालाई झिनो रनमा समेट्ने क्रममा शेर मल्लले ५ तथा बिनोद लामाले ४ विकेट लिए । बिक्रम ठगुन्नाले १ विकेट हात पारे ।मलेसियाले दिएको ५० रनको झिनो लक्ष सुदुरपश्चिमले २ विकेट गुमाएर ७ दशमलव २ ओभरमा भेट्टायो ।टिमकालागि ८ विकेटको जित निकाल्ने क्रममा सुदुरपश्चिमकालागि लोकेश बम र खडक बोहोराले अविजित रहँदै समान १५ रन जोडे । गजेन्द्र बोहोराले ११ र अरुण ऐरीले ६ रन बनाए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1028885484176443/1028885050843153/?type=3&av=112654112466256&eav=AfY1xzYlVOyWnB5TN5y6j6k-rWheKV_Vm9jAU4HoD0ZeGs05-uTmLP-k80PdExN5sis&theater
मलेसियाका अनवर रहमान र धिभेन्द्रन मोगनले एक एक विकेट लिए ।प्रतियोगिताको प्लेयर अफ द म्याच सुदुरपश्चिमका शेर मल्ल घोषित भए ।भोलिको खेल सुदुरपश्चिम र गण्डकी प्रदेश बिच हुने छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1028885484176443/1028885177509807/?type=3&av=112654112466256&eav=AfaQHoeHc_pjCYp79LdBmxO25PUzPb6UqwneEq6cmT7_Ztfb23C119JxEPnRn6hK9As&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.1028885484176443/1028885227509802/?type=3&av=112654112466256&eav=AfZxURVqnceft0LKrm71jz5T9ZW59Rmyyru13lx7gQ3VHYjySErqaI2z2c0RS0B1dXU&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia