इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा मारवाडी फ्रेण्डसीप क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ । इनरुवा १ मा रहेको खेल मैदानमा मारवाडी फ्रेण्डसीप क्रिकेट प्रतियोगीता सम्पन्न भएको हो । मरवाडी युवा मञ्च इनरुवा सुनसरीको आयोजनामा प्रतियोगीता सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष सौरव अटलले बताउनुभयो । प्रतियोगीतामा मारवाडी किङगस बिजय भएका छन । मरवाडी रोयल्सलाई ५ बिकेटले पराजित गर्दै मरवाडी किङगस बिजयी हात पारेको हो ।

टस जितेर पहिले व्याटिङग गरेका मारवाडी रोयल्सले निर्धारित २५ ओभरको खेलमा ७ बिकेटको क्षतिमा १५७ रन बनाएका थिए । जवाफी व्याटिङगमा मैदानमा उत्रिका मरवाडी किङगसले २४ ओभवरमा ५ बिकेटको क्षतिमा लक्ष्य भेटाएका थिए । मारवाडी रोयल्सका लागि सबै भन्दा बढी रन बिजय चितलाङगीयाले बनाएका थिए । चितलाङगीयाले ५३ बलमा ६२ रनको सान्दार पारि खेलेको भएपनि टिमलाई हारबाट बचाउन सकेका थिएन्न । मरवाडी किङगसका लागि सबै भन्दा महत्पूर्ण पारि अजय चितलाङगीयाले खेलेका थिए । चितलाङगीलाले ६८ बलमा ७४ रनको सान्दार पारि खेल्दै टिमलाई बिजय गराउन सफल भएका थिए । मरवाडी युवा मञ्चले होली पर्वको अबसर पारेर प्रत्यक बर्ष क्रिकेट प्रतियोगीता गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिनका लागि यस बर्ष समेत खेलको आयोजना गरेको अयाोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia