बिराटनगर। सुनवर्षी नगरपालिकाले नगरका किसानहरुलाई ५० प्रतिशत अनुदानमा च्याफकटर र ७५ प्रतिशत अनुदानमा काउ म्याट वितरण गरेको छ । मंगलबार वडा नंं ९ मा एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरिएको हो ।

सुनवर्षी नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा डाईनियाँले आयोजना गरेको सो कार्यक्रममा ७० जना किसानलाई सो सामग्री वितरण गरिएको पशुपंक्षी शाखाका नायब पशु स्वास्थ्य प्राविधिक रंजित कुमार झाले इनरुवा अनलाईनलाई बताए । उनका अनुसार आजको कार्यक्रममा २० जना किसानलाई च्यफकटर र २६ समुहका किसानलाई काउ म्याट वितरण गरिएको हो ।सुनवर्षी नगरपालिकको किसानहरुको समस्यामा सधै हाम्रो साथ सहयोग रहन्छ अबिरल बर्षा र बाढीले जति पनि किसानहरुको धान नष्ट भएको छ सबै किसानहरुको बिवरण संकलन गरेर उचित सहयोगको व्यवस्थापन हामीले गर्ने छौ र माथिल्लो निकायसंग पनि समन्वय गरेर राहतको प्याकेज उपलब्ध गराउने छौ मेयर दासले इनरुवा अनलाईनलाई बताए।

सुनवर्षी नगरपालिक अनतर्गत फर्म दर्ता गराएका उत्कृष्ट किसानहरुलाई सो सामाग्री वितरण गरिने योजना रहेको झाले बताए । कार्यक्रममा नगर प्रमुख काली प्रसाद दास, उपमेयर मंजु राई, वडा नं. ९ का अध्यक्ष कमल किसोर सिंह, अनिल कुमार झा, अभिमन्यु दास सहितको उपस्थिती रहेको थियो ।








