सुनसरीको कोशी गाउँपालिका–६ नम्वर वडा श्रीपुरजब्दीमा व्यापक आर्थिक अनियमितता भएको भन्दै ज्ञापनपत्र बुझाएको छ । नेपाली काङग्रेस कोशी गाउँपालिका ६ नम्वर वडा समितिले वडा कार्यालयमा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै छानविन गर्नका लागि माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाली काङग्रेसका वडा सभापति बिरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

वडा अध्यक्ष इन्द्रदेव यादव सहितका जनप्रतिनीधिहरुले वडाको बजेट रकममा आर्थिक अनियमितता तथा भ्रष्टाचार गर्नुका साथै आफनो कार्यकर्ताहरुलाई पाल्ने कार्य मात्र गरेको काग्रेस वडा कार्य समितिले ठहर गरेको छ । काङगे्रसले सुरक्षित नागरिक अवास कार्यक्रम अन्तर्गत छनौट भएका लभाम्बीत नागरिकहरुको यर्थात विवरण दिनुपर्ने, कोरोना महामारीबाट प्रभावित अति विपन्न परिवारले यस वडाबाट प्राप्त गरेको १० हजार रुपैया प्राप्त गरेका लभाम्बीत व्यक्तिहरुको नमावली दिनुपर्ने, आर्थिक २०७७÷०७८ मा चालु खर्चका लागि पालिकाबाट प्राप्त भएको रकममा भएको खर्चको प्रमाणित विवरण दिनुपर्ने र कोशी गाउँपालिका ६ नम्वर वडा अन्तर्गत नेपाल भारतको सीमा नजिक रहेको कंकालनी विद्यालयलाई अत्याधिक रकम कमिशन आउने लोभले पटक÷पटक बजेट दिएकाले त्यसमा कुन विधि र प्रक्रियाले पटक पटक बजेट दिएको हो र त्यसमा कति बजेट दिएको हो । त्यसमा पेश भएको कागजातको प्रमाणित प्रतिलिपी र त्यसमा भएको अनियमितता तथा भ्रष्टाचारको छानविन गर्नुपर्ने लगायतको माग राख्दै वडा अध्यक्ष इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाइएको नेपाली काङग्रेसका वडा सभापति यादवले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन भएपछि वडामा आएका जनप्रतिनीधिहरुले वडाको विका निर्माण, शिक्षा, स्वास्थ्यमा सुधार, खानेपानीको व्यवस्था, बृद्धबृद्धाका लागि बिभिन्न किसिमको कार्यक्रम, अशक्त र अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य बीमा, वडा क्षेत्र भित्र रहेका मठ मन्दिर तथा बिभिन्न समुदायका धार्मिक क्षेत्रको संरक्षण, गर्नुपर्नेमा उल्टै बिभिन्न शिर्षकमा आएको बजेट माथि कमिशन लिने कार्य मात्र भएको काङग्रेस वडा समितिले ठहर गरेको छ । आफूहरुले उठाएको माग र मांग गरेको कागजात नदिएको खण्डमा र सुनवाई नभएको खण्डमा चरणवद्ध आन्दोलन गर्ने नेपाली काङग्रेसले जनाएको छ । सयौंको संख्यामा गएका काग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरुले वडा अध्यक्ष यादवलाई ज्ञापन पत्र बुझाएको थिए । ज्ञापन पत्र बुझेपछि कोशी ६ का वडा अध्यक्ष यादवले यहाँबाट उपलब्ध हुने कागजात यहाँबाट दिने र बाकी कागजातका लागि गाउँपालिकामा सिफारीस गरिदिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia