धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।धरान ५ सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।धरान-५ को खारखोला र अधेरी खोलाको संगम स्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । उक्त क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको नगरप्रमुख हर्क साम्पाङले बताए ।उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ ।धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातीय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास बस्न थालेकोले र पटकपटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।पहिला देखिनै उक्त जग्गाको भोगचलन गर्दै आएको भन्दै स्थानीयले खोलाको भाग सीमांकन गर्नुपर्ने माग राखेका थिए ।यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो। खोला किनार र सार्वजनिक जग्गामा नया घर निर्माण गर्ने कार्यलाई निरुत्साहित गर्न उपमहानगरले अभियान चलाएको छ भने पुराना निर्माण भएका संरचनालाई व्यवस्थित गर्ने नीति लिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने
काठमाडौँ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, म...
दुई वटा ट्रक ठोक्किंदा चालक र सहचालकको मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक आज बिहान आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८८९...
खनारबाट गोली र चाइनीज पेस्तोलसहित दुई जना पक्राउ
सुनसरी । ईटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड सहित दुई जनालाई बुधब...
कार्य समिति छनौटमा युनियनको उपेक्षा
इनरुवा। नेपाली काङग्रेसको सुबेक्षुक संस्थाको रुपमा रहेको नेपाल प्रेय युनियनले मधेसी र मुस्लिम समुदायलाई उपेक्षा गरेको पु...
छोराले कुट्दा बाबुको मृत्यु
संखुवासभाको भोटखोला गाउँपालिका-५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ भने बुबालाई कुटपिट गरी हत्या गरेको आरोप...
विर्तामोडमा सडक आधुनिक बन्दै
झापाको विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाट भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्म...