trusted online casino malaysia
trusted online casino malaysia

स्याङ्जा । स्याङजाका महिलाहरू सामुहिक गुन्द्री बुन्न थालेका छन् । उनीहरूले सामुहिक रुपमा नौ वटा तान बनाएर गुन्द्री बुन्न थालेका हुन् । उनीहरूले यसरी नै बर्सेनी परालको गुन्द्री बुन्दै आएका छन् ।घाम लाग्ने पारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर गुन्द्री बनाउने गर्दछन् ।जहाँ, नौ वटा तान बनाइएको छ । उनीहरुले यसरी नै वर्सेनी परालको गुन्द्री बुन्दै आएका छन् ।खेती किसानी गर्ने महिला दिदीबहिनीले घरमै उत्पादन भएको परालबाट गुन्द्री बुन्न थालेका हुन् ।

पहिल्यैदेखि चलिआएको परम्परा तथा सीपको सदुपयोग गर्दै घरमै रहेको परालको प्रयोगबाट गुन्द्री बुन्ने गरिएको बज्रेभञ्ज्याङस्थित जगत्रशीला आमा समूहकी अध्यक्ष दिलमाया सिञ्जाली बताउनुहुन्छ ।पुरानो चलिआएको परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा पनि सीप हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले सामूहिक रूपमा गुन्द्री बुन्न थालेको उहाँको भनाई छ ।बजारमा प्लास्टिकको गुन्द्री किन्न पाइन्छ तर परालको जस्तो बाक्लो नहुने र चिसो हुने भएकाले पनि परालको गुन्द्री बुन्दै आइरहेको उहाँले बताउनुभयो ।बजारमा म्याट तथा प्लास्टिकका गुन्द्री पाइने भएपछि पहिला जस्तो परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । गुन्द्री बुन्नकै लागि भनेर छुट्टै लामो पराल हुने जातको धान लगाउने प्रचलन रहेको उहाँले बताउनु भयो ।आफूले जानेको सीपको प्रयोग हुनुका साथै घरमै रहेको परालबाट गुन्द्री बुन्दा प्लास्टिकको गुन्द्री तथा म्याट किन्ननपर्ने भएपछि आर्थिक बचत हुने गरेको स्थानीय यामकुमारी गाहाले बताउनुभयो ।गाउँमा हुने शुभकार्य र अन्य काममा आउने पाहुनालाई गुन्द्रीमा राखेर भोजन गराउने चलन छ ।

शुभकार्यमा प्लास्टिकको गुन्द्री जुठो मानिने भएकाले पनि परालकै गुन्द्री आवश्यक रहेको उहाँको भनाई छ ।नयाँ पुस्तामा सीप हस्तान्तरण नहुनु, नयाँ पुस्ताको रुचि नहुनु, प्लास्टिक तथा म्याटको वैकल्पिक प्रयोग हुनु, पराल नपाइनु लगायतका कारणले परालको गुन्द्री बुन्ने परम्परा तथा परालका गुन्द्री हराउँदै गएका हुन् ।बज्रेमा यसपटक स्थानीय नौ जना महिलाले सामूहिकरुपमा ५३ वटा गुन्द्री बुनेका छन् । इमेजखबरको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia