इनरुवा। नेपाली काङग्रेसको सुबेक्षुक संस्थाको रुपमा रहेको नेपाल प्रेय युनियनले मधेसी र मुस्लिम समुदायलाई उपेक्षा गरेको पुष्टि भएको छ । मोरङ्गको बिराटनगरमा सम्पन्न भएको प्रदेश १ को अधिवेसनमा भएको कार्य समिति छनौटमा युनियले मधेसी र मुस्लिम समुदायलाई उपेक्षा गरेको पुष्टि भएको हो । सर्व सम्मत कार्य समितिको नाममा नाटकीय रुपले आफ्नो आसेपासेहरुलाई समेट्दै कार्य समिति चयन गरेको पत्रकार आषिश यादवले बताउनुभयो ।
युनियनको समावेसीपदमा समेत अन्य कलष्टरमा समेत एउटा समेत मधेसी र मुस्लिम समुदायलाई नराखेको युनियनमा आवद्ध भएकोले बताएका छन् । युनियले मेधसी र मुस्लिम समुदायलाई भोटको बैंकका रुपमा मात्र प्रयोग गर्ने गरेको र पद लिने बेलामा अवद्ध भएका पदाधिकारीले बाडीचुडि लिने गरेको युनियनका पूर्व सुनसरी उपाध्यक्ष अजितकुमार झाले बताउनुभयो ।
प्रदेश अधिबेसनमा पदाधिकारी छनौट प्रति आपत्ति जनाउदै युनियनमा आवद्ध सुनसरीका २ जनाले राजिनामा समेत दिएका छन् । युनियनका पूर्व जिल्ला उपाध्यक्ष रहेका अजितकुमार झा र अशिष यादवले राजिनामा दिएका हुन् । युनियनका केही व्यक्तिले हुकुमी शैलिमा पदाधिकारी छनौट गरेको, सिनियरलाई पाखा लगाउदै जुनियरलाई ठाउँ दिएकोमा त्यो कार्यको घोर बिरोध गर्दै झा र यादवले राजीनामा दिएका छन् ।








