सुनसरी । ईटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड सहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्र.१-०२-०४३ प ६८९७ नम्बरको मोटरसाइकल रहेका उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।








