इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश समन्वय परिषद् गठन गरेका छन् । प्रदेश र स्थानीय सरकारकारको काममा सहजीकरण र समन्वय तथा बजेट कार्यान्वयनको लागि गठन भएको परिषद्मा स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख रहने व्यवस्था अनुसार कार्कीले मनोनित गरेका हुन् ।मुख्यमन्त्रीको अध्यक्षतामा रहने परिषदमा आन्तरिक मामिला तथा कानून मन्त्री र आर्थिक मामिला तथा योजनामन्त्री पदेन सदस्य रहन्छन् । परिषद्ले प्रदेश सरकारको नीति निर्माणमा आवश्यक सुझाव दिने गर्दछ भने स्थानीय तहमा भएका नीतिगत समस्या समाधानको पहलसमेत गर्नेछ । मुख्यमन्त्री कार्की परिषदमा ३ जना नगरप्रमुख, ३ जना उपप्रमुख, ४ जना गाउँपालिका अध्यक्ष, ३ जना उपाध्यक्ष र एक जना जिल्ला समन्वय समितिका प्रमुखलाई मनोनित गरेका छन् ।

परिषद्मा नगरपालिको प्रमुखमध्येबाट इलाम नगरपालिकाका मेयर केदार थापा, दमक नगरपालिकाका मेयर राम थापा र षडानन्द नगरपालिका भोजपुरका प्रमुख सुरेन्द्रकुमार उदास मनोनित भएका छन् । यस्तै गाउँपालिका अध्यक्षमध्येबाट पाथीभरा याङ्वरक गाविस ताप्लेजुङका अध्यक्ष केशरकुमार सुब्बा, मिक्लाजुंग गाउँपालिका पाँचथरका अध्यक्ष अमरराज माखिम, थुलुंग दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राई र छथर गाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तवीर लिम्बू परिषदमा मनोनित भएका छन् ।परिषद्को सदस्यमा उपमेयरहरुमध्ये विराटनगर महानगरका उपमेयर शिल्पा कार्की, इटहरी उपमहानगरका उपमेयर सङ्गीता चौधरी र धर्मदेवी नगरपालिकाका उपमेयर तारा महत चुनिएका छन् । यस्तै छथर जोरपाटी गाउँपालिका धनकुटाका उपाध्यक्ष गीता खेवा, केपिलासगढी गाउँपालिका खोटाङका उपाध्यक्ष गुरुराम राई र लिखु गाउँपालिका ओखलढुङ्गाका उपाध्यक्ष अस्मिता थापा पनि परिषद्मा छानिएका छन् । यस्तै जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष गौरबहादुर विश्वकर्मालाई पनि परिषदमा मनोनित गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia