संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध भएको छ ।उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा ६ दिन अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन् । बैशाख ७ गतेबाट भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।गाउँपालिका अध्यक्ष भोटेका अनुसार गत बैशाख ७ गते राति परेको चट्याङले लची डाडाँमा राखिएको नेपाल टेलिकमको टावरमा क्षति पुगेपछि भोटखोलामा टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला गाउँपालिका नै सञ्चार सेवाबाट बन्चित भएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेला बेला टावरमा समस्या आउने गरेको छ ।टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेसीआई इनरुवाद्वारा १.५ किलोमिटर मिनी म्याराथन आयोजना हुँदै
इनरुवा । जेसीआई इनरुवाको आयोजनामा स्थानीय धावकहरूलाई लक्षित गरी “जेसीआई इनरुवा १.५K मिनी म्याराथन” सञ्चालन ह...
१५औं राष्ट्रिय कर सप्ताहको अवसरमा इनरुवामा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया
१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, ...
पाठ्यपुस्तकबाहेक किताब किन्न बाध्य नपार्न निर्देशन
इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र ज...
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...










