इटहरी । लामो समय देखि सामाजिक क्षेत्रमा कृयाशिल काठमाडौंस्थित रुपकुमारी अध्यात्म सेवा समितीले इटहरीको माया घरलाइ नगद रू ५० हजार सहित सम्मान गरेको छ ।काठमाडौंमा हालै सम्पन्न भब्य कार्यक्रा बिच इटहरीको माया घर नेपाललाइ सो संस्थाले नगद सहित सम्मान गरेको हो । मानव धर्मको पथमा रहि अतुलनीय सेवा गरेको भन्दै माया घर नेपाल इटहरीलाइ सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा माया घर नेपाल इटहरी सहित अन्यलाइ पनि सम्मान गरिएको थियो ।
काठमाडौंस्थित रुपकुमारी अध्यात्म सेवा समितीको अध्यक्ष रमा शर्माले इटहरीको माया घर नेपालले मानव सेवामा पुर्याएको योग्दानबारे कार्यक्रममा खुलेरै प्रशंसा गर्नुभएको थियो ।संस्थाबाट प्राप्त सम्मानले माया घर नेपाललाइ काम गर्ने थप उर्जा दिएको र आगामी दिनमा अझै सशक्त रूपमा अघी बढने प्रेरणा मिलेको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो । कार्यक्रम पोखरा बिश्वबिधालय उपकुलपति , प्रेम नारायण अर्यालको प्रमुख आतिथ्यमा सम्पनन भएको थियो ।











