इलाम । साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड माई नगरपालिका इलाममा गयराती अपरिचित समूहले नगद चोरी गरेको छ।माई-४ शुक्रबारे-गैरीगाँउमा रहेको सहकारीबाट लकर सेफमा रहेको र अन्य स्थानमा रहेको नगद गरी २७ लाख ७१ हजार ५ सय ६५ चोरी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिनुभयो।गएराति ११ बजेर ४५ मिनेट देखी १ बजेर २९ मिनेट सम्म ४ जनाको समुहमा सहकारी कार्यालय भित्र पसेर चोरी गरेको सिसि क्यामेरा फुटेजमा देखिएको सुरक्षा स्रोतले जनाएको छ ।सहकारीको सोमबार सम्मको नगद मौज्दात २६ लाख ७१ लाख ७ सय ६५ रुपैयाँ र मंगलबारको वचत ९९ हजार ८ सय रहेको व्यवस्थापक इन्द्र बहादुर रैका मगरले जानकारी दिनुभयो। सानाकिसान कृषि महिला सहकारी संस्थामा करिव १३ सय महिला सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्...
सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति...
नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अ...
सप्तकोशी नदीमा बाँसको झाकमुनि लुकाइएको २२५ केजी गाँजासहित दुई पक्राउ
बराहक्षेत्र नगरपालिका वडा नं.-०६ पटवारी स्थित सप्तकोशी नदीमा २०८३ वैशाख १ गते राति २१:०० बजे लागु औषध गाँजा ओसारपसार भइर...
हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टा...
माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घ...










