इटहरी ।आन्तरिक तथा बाहिय पर्यटकहरूको रोजाइमा इटहरीको ओसीयन पार्क इटहरी । सुनसरीको इटहरी १० स्थित पौडिका पारखिहरूकालागि प्रशिद्ध पर्यटकिय स्थल ओसीयन पार्क पछिल्लो समय आन्तरिक तथा बाहिय पर्यटकहरूकालागि प्रमुख गन्तब्य बनिन थालेको छ ।

जाडो मौसम सकिनै लाग्दा पार्कमा बिदेशि पर्यटकहरूको घुइचो लाग्न थालेको छ । अन्तरस्ट्रिय सतरको स्विमिङ पुल, रमणिय स्थल, शान्त बातावरण ,अत्याधुनिक सेवा सुविधा , प्रविधियुक्त श्रोत साधन र हराभरा दृस्यहरूकै कारण यो पार्क आन्तरिक तथा बाहिय पर्यटकहरूकालागि लोकप्रिय बनिन थालेको हो । प्रदेश एकमा पहिलो पटक स्विमिङ पुलको स्थापना गरि बाहिय पर्यटकहरूलाइ यस स्थानमा भित्र्याउन ओसिय पार्कले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

पार्कमा स्विमङ पुल संगै सुविधा सम्पन्न एसि जडित डिलक्स रूमहरूको पनि व्यवस्था गरिएको छ । टाढाबाट आएका पाहुनाहरूकालागि बास बस्न सहज होस भन्ने उद्येश्यले अत्याधुनिक सेवा सुविधा सहितका डिलक्स रूमहरूको व्यवस्था मिलाइएको छ । साथै सरिरलाइ हरदम स्वास्थ्य राख्न व्यायमस्थल , जुम्बा लगायतका रमणिय स्थानहरू पनि रहेका छन । यस पार्कमा पुर्वकै नमुना वाटर पार्क , वेभ पुल , फिस डान्स , स्टेन्ड रेन्ट डान्स , दुइवटा स्लाइड , लगायत बालबालिकाहरूकालागि बेग्लै स्विमिङ पुलको व्यवस्था रहेको ओसियन पार्कका एडमिन तथा मार्केटिङ म्यानेजर पवन कुमार खडकाले बताउनुभयो ।

साथै पार्कमा टाढाबाट आउने आन्तरिक एवम बाहिय पर्यटकहरूलाइ मध्यनजर गरेर १० वटा सुविधा सम्पन्न एसि सहितका डिलक्स रूमहरू सहित मिनिबारको पनि व्यवस्था गरिएको मार्केटिङ म्यानेजर पवन खडकाको भनाइ छ । यस पार्कमा प्रदेश एकका बिभिन्न जिल्लाहरू सहित काठमांडौ , बुटवल , पोखरा लगायत भारतको दार्जेलिङ , सिक्खिम ,बैकंलोर र केहि भुटान र बंग्लादेशबाट पनि पर्यटकहरू आउने गरेको ओसियन पार्कका सञ्चालक डम्बर तामाङ बताउनुहुन्छ । साथै पार्क भित्र स्विमिङको मज्जा संगै ७० जना सम्म अटाउन सकिने क्षमता भएको सुविधा सम्पन्न सभाहल पनि रहेको छ ।

२ बिगाहा जमिनमा फैलिएको यो पार्कभित्र गर्मि याममा पौडि खेल्ने र घुम्न आउने पर्यटकहरूको घुइचो लागेपनि जाडो याममा केहि फरक खालको कामहरू हुने पार्कका सञ्चालक डम्बर तामाङ बताउनुहुन्छ । जाडो मौसमकालागि बिवाह , ब्रतबन्ध , लगायत बिभिन्न पार्टिहरू यसैभित्र हुने भएकाले यसलाइ अझ व्यवस्थित बनाइने तर्फ टिम लागेको सञ्चालक तामाङको भनाइ छ । जाडो याममा स्थानिय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरूको उपस्थिती तथा बेजोड प्रस्तुतीहरू पनि यसै पार्कले आयोजना गर्दै आएको छ । साथै पार्क भित्र घुम्न आउनेहरूकालागि सुविधा सम्पन्न रेस्टुरेन्ट पनि रहेको छ ।

उक्त स्थानमा हरेक साताको सुक्रबार बिभिन्न सास्कृतिक कार्यक्रमहरू पनि हुने गरेको छ । जनचाहना अनुसारको लोक दोहोरी लगायतका कार्यक्रमहरू हुने गरेको छ । यहा पौडि खेल्ने मात्र नभइ बिभिन्न प्रतियोगिता , स्विमिङ सम्बन्धिका तालिम , गोष्ठि समेत हुने गरेको उहाको भनाइ छ । अन्य पार्क तथा पर्यटकिय क्षेत्रको तुलनामा इटहरीको ओसियन पार्क फरक रहेको सञ्चालक तामाङ बताउनुहुन्छ ।पार्क अन्तराष्ट्रिय मापदण्ड अनुसारको छ,त्यसमा पनि यो सबै क्षेत्रबाट केन्द्रमा पर्छ र नेपालकै चर्चित र प्रदेश एकको सबैभन्दा पुरानो पार्क भएकोले बच्चा देखि बुढा सम्मले यहि पार्क रोजने गरेको तामाङ बताउनुहुन्छ ।

     

तपाईको प्रतिक्रिया

trusted online casino malaysia