इटहरी । घर नक्सा वनाउने काम झन्झटीलो हुँदा  दुख पाइरहेको सेवाग्राहीको गुनासो वढी रहेको तर्फ मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले विधुतिय भवन अनुमती प्रणाली इविपीएस सुरु गरेको छ । सेवाग्राहीहरुको गुनासोलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाको १ सय १९औं कार्यपालिका वैठकबाट घर नक्साको काम डिजिट प्रविधिबाट गर्ने निणर्यलाई कायान्वयन गर्दै  इटहरीमा इविपीएस सुरु गरिएको हो । भवन निर्माणका लागि डिजिटल प्रविधि इविपिएसको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल लगायतले एक कार्यक्रमका विच उदघाटन गरेका हुन । नागरिकहरुले लामो समय देखि गुनासो गर्दै आएको र कार्यपालिका वैठकले विद्युतिय भवन अनुमति प्रणाली लागु गर्ने निणर्य भए बमोजिम नागरिकलाई सर्वसुलभ छिटोछरितो विना झन्झट सेवा प्रदान गर्ने उद्धेश्यले सेवा सुरु गरिएको नगरप्रमुख पौडेलले जानकारी दिए । उनले नागरिकका लागि झन्झटिला रहेका अन्य सेवालाई समेत सहज वनाउदै झन्झट रहित वनाउदै जाने समेत वताए ।

सो अवसरमा विद्युतिय भवन अनुमति प्रणाली लागु भएपछि निवेदन दिने काम देखि नै सबै कुराहरु कसरी काम भई रहेको छ भनेर सेवाग्राही आफैले थाहा पाउने र सेवाग्राहीले फाइल बोकेर हिडीरहनु नपर्ने हुँदा सहज हुने जानकारी गराइयो ।विगतमा घर नक्सा पासका धेरै समय सम्म विभिन्न शाखाहरुमा फाइल बोकेर सेवाग्राही हिड्नु पर्ने अवस्था रहेको थियो भने अव त्यो झन्झट नहुने समेत वताइयो । इविपीएस उदघाटन कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरी , विभिन्न वडाका वडाध्यक्षहरु , कार्यपालिका सदस्य , कर्मचारी , संञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । इविपीएस प्रणाली देशका ७सय ५३ पालिका मध्ये इटहरी सहित १४वटा पालिकामा लागु भएको छ । इटहरी उपमहानगरपालिकाले घरनक्सा अभिलेख कार्यमा छुटेका पुराना घरधनीहरुलाई समेत अभिलेखिकरण लागि मौका समेत दिएको छ । इटहरीमा बार्षिक रुपमा ३हजार देखि ४ हजार घर नक्सा पासका लागि निवेदन पर्ने गरेका छन ।भने पछिल्ला केही वर्ष यता देखि  प्रत्येक अघिल्लो वर्षको तुलनामा तीन देखि चार सय घर थपिदै आएका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia