बेलबारी । मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ ।सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताउनुभयो ।“केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो”, वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताउनुभएका उहाँले विदेशमा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याउनुभएको थियो ।रु २५ लाखभन्दा धेरैको नोक्सानी भएको उहाँले जानकारी दिनुभयो । छेउमै रहेका बाख्रा फर्म र माछा पोखरीमा भने उक्त रोगले असर नदेखाएको जनाइएको छ । उहाँले २२ कट्ठा जमिनमा तीन वर्षअघिदेखि फर्म सञ्चालन गर्दै आउनुभएको छ ।बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले भन्नुभयो , “अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षण लागी विराटनगर हुँदै काठमाडाँै पठाइएको छ । ”रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्छ तर प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल यकिन भन्न नसकिने उहाँले बताउनुभयो । उहाँका अनुसार यो रोगको लक्षण दुई वर्षअघिमात्र नेपालमा भित्रिएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia