विराटनगर । विराटनगरबाट प्रहरीले २२ किलो गाँजा बरामद गरेको छ । शनिबार राति २२ किलो गाँजा बरामद गरेको हो । गाँजा तस्करलाई लखेट्ने क्रममा  एक जना प्रहरी घाइते भएका छन् । विराटनगर महानगरपालिका–१८ मुसहरी टोली हुँदै भारततर्फ लगिँदै गरेको लागूऔषध गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् ।प्रहरीलाई देख्नासाथ गाँजा फ्यालेर तस्करीमा संलग्न फरार बनेका थिए । गाँजा फ्यालेर भागेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा लडेर साह घाइते भएका हुन् ।खुट्टामा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल भर्ना गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

नेपाल–भारत सीमानाका हुँदै भारततर्फ लैजाँदै गरिएको अन्दाजी २२ किलोग्राम गाँजा राति ११ः१५ बजेतिर बरामद गरिएको हो । बोरामा प्याक गरी टाउकोमा बोकेर २ जना व्यक्तिले भारत कटाउने तयारी गर्दैगर्दा विराटनगर–१८ मुसहरी टोलबाट गाँजा बरामद गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia