इटहरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एस)का सचिव राजेन्द्र राईले मुख्यमन्त्रीको जिम्मेवारीबाट हटे लगत्तै प्रदेश सरकारको फिर्ता गरेको बताएका छन् ।प्रदेश सरकारको पूर्व मुख्यमन्त्रीको रुपमा गाडीको प्रयोग गरिरहेको समाचार एक सञ्चार माध्यमले प्रकाशित गरेपछि उनले प्रमाणित गर्न चुनौती जिम्मेवारीबाट हटे लगत्तै गाडी त्यागेको बताएका हुन् ।कोशी प्रदेशका सांसद रहेको नेता राईले मुख्यमन्त्रीबाट हटेपछि वर्तमान मुख्यमन्त्रीलाई अनुरोध गरेर आफ्नो सामानहरु काठमाडौं छोड्न र गृह जिल्ला भोजपुर जान एक पटक लगेको त्यसयता एक मिनेट पनि प्रयोग नगरेको उनले बताएका छन् । उनले लेखेका छन्, ‘मैले दोहो-याएर प्रदेस, संघ सरकारको कुनै पनि सरकारी गाडी एकै मिनेट पनि चढेको छैन, लिफ्ट लिने गरि पनि ।’नेता राईले आफू मुख्यमन्त्री भएको बेला भ्रष्टचार रोक्ने, खर्च कटौती गर्ने लगायतका कामहरु गरेको उल्लेख गर्दै मुख्यमन्त्रीबाट हटेपछि एक रात बसेर निवास छोडेको र एकै मिनेट ढिला नगरी गाडी त्यागेको बताएका छन् । आफूले सुशासनको लागि अनेकौं अभियान सुरु गरेको दाबी गर्दै नेता राईले विना तथ्य आफू विरुद्ध प्रचारबाजी गरिएको भन्दै गुनासो प्रकट गरेका छन् । उनले चुनौती दिएका छन्, ‘कि प्रमाणित गर, की माफी माग ।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia