इटहरी । सुनसरीकाे इटहरीमा महिला श्रमिककाे पहिचान स्थापनाकालागि सञ्चारकर्मिहरूले खेल्नुपर्ने भुमिका बारे एक दिने अन्तरकृिया कार्यक्रम सम्पन्न भएकाे छ । श्रममा समान व्यवहार भएपनि महिलाहरूले पाउने पारिश्रामिकमा बिभेद हुने गरेकाले स्थानिय तह देखि प्रदेश हुदै केन्द्रिय सरकार सम्मलाइ दबाब दिन र समान अधिकार स्थापित गराउने उद्येश्य सहित एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे हाे ।बिभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूलाइ दिने पारिश्रामिक अझै पनि बिभेदपुर्ण रहेकाे र उनिहरूलाइ पनि समान ज्याला प्रादन गर्न याे कार्यक्रमले दबाब दिने बताइएकाे छ । बिशेष गरी बैदेशिक राेजगारबाट श्रम गरेर फर्किएका महिलाहरूलाइ समाजमा स्थापित हुन निकै कठिन हुने गरेकाे एक अध्यनले देखाएकाे बताउदै समाजले महिलाहरूलाइ हेर्ने दृस्टिकाेण परिवर्तन हुनुपर्ने कार्यक्रममा बताइएकाे थियाे ।

ओरेक नेपाल सुनसरीकाे अायाेजनामा भएकाे अन्तरकृयामा सुनसरी क्षेत्रमा रहेका कृयाशिल सञ्चारकर्मीकाे उपस्थिती रहेकाे थियाे । कार्यकेममा अाेरेक नेपालकी काेशी प्रदेश संयाेजक सुनीता मैनाली , माेरङ संयाेजक सरस्वती दनुवार र सुनसरीकी बिमला कस्यपले सहजीकरण गर्नुभएकाे थियाे ।कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले पनि श्रम गर्ने महिलालाइ समाजमा गरिने बिभेदबारे स्थानिय स्तरबाटै दबाद दिनुपर्नेमा जाेड दिएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia