फिदिम । दुइ दिन देखि लगातार परेकाे वर्षासँगै गए राति आएको बाढीले बगाउदा पाँचथरमा छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएका हुन ।बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ । यस्तै याङवरक गाउँपालिका ३ र २ मा पनि घर बगाएको छ तर क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेसीआई इनरुवाद्वारा १.५ किलोमिटर मिनी म्याराथन आयोजना हुँदै
इनरुवा । जेसीआई इनरुवाको आयोजनामा स्थानीय धावकहरूलाई लक्षित गरी “जेसीआई इनरुवा १.५K मिनी म्याराथन” सञ्चालन ह...
१५औं राष्ट्रिय कर सप्ताहको अवसरमा इनरुवामा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया
१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, ...
पाठ्यपुस्तकबाहेक किताब किन्न बाध्य नपार्न निर्देशन
इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र ज...
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...








