इटहरी । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच विराटनगरमा वार्ता सुरु भएको छ । प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत रहेको पहिचान पक्षसँग प्रदेश सरकारले संवाद थालेको हो ।‘कोशी’ नाम खारेज गरी जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने पहिचान पक्षधरहरुले माग राख्दै आएको छ । प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्ष धरले पहिचानको आधारमा नाम राख्नु पर्ने माग गर्दै गत फागुनदेखि नै आन्दोलन गरिहेका छन् ।आन्दोलनकारीको मुख्य माग भनेकै प्रदेश १ को पुनः नामकरण गर्नुपर्ने हो । संयुक्त संघर्ष समिति गठन गरेरै पहिचान पक्षधरहरुले आन्दोलन जारी राखेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia