इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।आइतबार १३ औ नगरसभाबाट सो बजेट प्रस्तुत भएको हो । उपमहानगरकि उपमेयर संगीता चौधरीले बजेट प्रस्तुत गरेकि हुन । गत आर्थिक वर्ष ७९।८०मा २ अर्व १८ करोड ६ लाख १० रूपैया बजेट प्रस्तुत गरेकोमा यो वर्ष केहि अंश बढाएर दुई अर्ब ३५ करोड ३१ लाख को बजेट प्रस्तुत गरेको हो ।बजेट संगै उपमहानगरले आगामी आर्थिक वर्षबाट काम सुरू हुने गरी इटहरीमा दुइ वटा आकासे पुल निर्माण गर्न बजेट समेत बिनियोजन गरेको छ । इटहरीको आधारभुत आवस्यक्ता शिक्षा , स्वास्थ्य , यातायात , सडक निर्माण लगायतका शिर्षकहरूमा पनि बजेट बिनीयोजन गरेको छ । इटहरीका १० वटा वडाहरूलाइ कुल १ करोड ५५ लाख रुपैयाँका दरले सिमित बजेट तोकिदिएको छ ।त्यस्तै इटहरीलाइ व्यवसायिकहव संगै खेलकुदको पनि हब बनाउन बिभिन्न शिर्षकमा बज्रट बिनियोजन गरेको छ । इटहरी अस्पताललाइ थप शुदृढिकरणकालागि पनि आवस्यक्ता अनुसार बजेट बिनियोजन गरिएको उपमहानगरले जनाएको छ ।










