इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले यही असार १४ गते संसदबाट विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गतेका लागि आह्वान गरेका छन् ।संविधानको धारा १८३ को उपधारा १० बमोजिम कोशी प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कोशी प्रदेश सभाको दोस्रो अधिबेशन ३१ गते अन्त्य गरिएको थियो ।कोशी प्रदेश सरकालाई सत्ता साझेदार दलहरुले दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनका लागि अधिबेशन आह्वान गरिएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia