इटहरी । मंगलबारदेखि परेकाे अविरल वर्षाका कारण ठाउ ठाउमा पहिराे खस्दा मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको छ । सडक विभागका अनुसार मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँएपछि सडक अवरुद्ध भएको हाे ।
यसैगरी तमोर करिडोर अन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा– गणेशचोक सडकखण्ड पनि अवरुद्ध छ । यो सडकखण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्णरुपमा ठप्प भएको हो ।यसैगरी संखुवासभाको मुढे, हाइटार र दोभानमा पहिरो जाँदा कोशी राजमार्ग एकतर्फी सुचारू गरिएकाे छ ।











