भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-७ दनुवार गाउँमा डेढ करोड बराबरको रुद्राक्ष लुटपाट प्रयास भएको छ। बिहीबार राति ९ बजेको समयमा बन्दुक र बमसहित आएको ७ जनाको समूहले २ र ३ मुखे तथा ज्वाला मुखदार फल्ने रुद्राक्षको बोट लुटपाटको प्रयास गरेका हुन्। रुद्राक्षको बगैंचाधनी धनबहादुर मगरले स्थानीय व्यावसायीहरु बुद्धसिंह तामाङ र प्रताप श्रेष्ठले ठेक्का लिएको रुद्राक्षको बोट घरेलु बन्दुक र बमसहित लुटपाट कोसिस भएको बताए।

उनीहरुले धनबहादुर र श्रीमती जमुनालाई खाना पकाइरहेका बेला घरमा छिरेर नियन्त्रणमा लिन खोजेका थिए। रुखधनीलाई नियन्त्रणमा लिन खोज्दा हल्ला भएपछि घरको माथिल्लो तलाका ६ जना रुद्राक्ष रुँघालु झरेर प्रतिकार गरे। त्यसपछि लुटेरा समूहले बन्दुक र बम पड्काउन खोजेका थिए। तर बन्दुक नपड्किएपछि लुटेरा समूह असफल भएको व्यावसायी बुद्धसिंह तामाङले बताए।

प्रहरीले घटनास्थलबाट डेढ सय मिटर पर एउटा मोबाइल फोन र २ वटा सिम फेला परेको छ। सिमकार्डका आधारमा लुटेरा समूहको पहिचान प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले बताए। लुट्ने प्रयास भएको बोटमा अधिकांश दाना २, ३ मुखे र ज्वामुखदार फलेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia