काठमाडाैं । हाल नेपालका पश्चिमी भेगमा पश्चिमी वायु र पूर्वी क्षेत्रमा भूभागमा बंगालको खाडीमा बनेको ‘हामुन’ नामक चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (मंगलबार बिहान) कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

दिउँसो कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यस क्रममा आज दिउँसो देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाको बिहानी बुलेटिनअनुसार आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia