इटहरी । बिगत १७ वर्षदेखि अमेरिकाकाे न्युयाेक बस्दै आएका तेह्रथुम माेरहाङ निवासी हेम थापा र उनको परिवारलाई इटहरीमा विशेष सम्मान गरिएको छ । ४१ वर्षको अवधिमा देशभर रहेका ५८ हजार विपन्न परिवारहरूलाई २६ करोड बढी रकम सहयोग उपलब्ध गराएका थापा परिवारलाई शनीबार इटहरीमा विशेष सम्मान गरिएको हाे ।

सामाजिक कामहरूमा सकृिय इटहरीको पूर्वेली क्लबले थापा सहित सपरिवारलाई शनिवार एक कार्यक्रम बिच भव्य सम्मान गरेको हो । उनले अमेरिका बसेर नेपालमा विपत्ति परेको बेला विपन्न परिवारहरूलाई गरेको सहयोग स्मरण गर्दै कामकाे उच्च मूल्याङ्कन सहित भव्य सम्मान गरिएको हो । कार्यक्रममा हेम थापा , उनकी श्रीमती माया थापा लगायतलाई दोसल्ला अाेढाइ ढाका टोपी लगाएर सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा थापाले आफू अमेरिका बस्न थालेदेखि नै देशका ग्रामीण भेगमा बसोबास गर्ने विपन्न परिवारहरूलाई सहयोग गर्न थालेको बताए । उनले नेपालको कुनै पनि अनाथ आश्रम ,वृद्धा आश्रम बाकी नराखी सबैमा सक्दो सहयोग पुर्याएकाे बताए । नेपालमा भूकम्प , बाडी पहिरो या विपत्ति परेको बेला उनले सक्दो सहयोग जुटाएको र सधैँ सहयोगमा तल्लीन रही रहने पनि बताए ।

सोही कार्यक्रम बिच उनले पूर्वेली क्लबलाई पनि रु एक लाख सहयोग स्वरूप प्रदान गर्ने घोषणा गरे । थापा हेम एम माया फाउन्डेसनका संस्थापक समेत रहेका छन् । पूर्वेल् क्लबका अध्यक्ष झलक बनकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा इटहरी क्षेत्रका बिशिस्ट ब्याक्तीहरूकाे उपस्थिती रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia