पाँचथर । आज (आइतबार) छैटौँ राष्ट्रिय झण्डा दिवस, नेपालको राष्ट्रिय झण्डा फहराउने दिन । संयोग नेकपा (एमाले) को झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ को अन्तिम दिन आज राष्ट्रिय झण्डा फहराउने दिन नै परेको छ ।एमालेले मंसिर १४ गते पश्चिमको सीमाना महाकाली नदी किनारको झुलाघाटबाट राष्ट्रिय झण्डा फहराएर सुरु गरेको अभियान आज पूर्वको सीमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन हुँदैछ । देशभरि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय झण्डा दिवस मनाइरहँदा संकल्प यात्रामा निस्किएको एमालेको टोलीका सदस्यहरू भने नेपालको पूर्वी सीमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराउन व्यस्त छन् ।

चिवाभञ्ज्याङमा केहीबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । यात्राको क्रममा चिवाभञ्ज्याङ पुगेका अभियानका सदस्यहरू अहिले भारतसँगको नेपाली सीमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा बोकेर फोटो खिचिरहेका छन् ।बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन गर्न लागिएको हो । ०७५ पुस १ गतेदेखि नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो । २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दैछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia