मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन्।

साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।‘साहले गएको मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइएपछि हत्या गरेको भन्ने उजुरी परेपछि निजलाई पक्राउ गरिएको हो’ उनले भने।

मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार पक्राउ परेका साहविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले जानकारी दिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia