काठमाडौं, २ पुस । मोस्ट वान्टेड अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना भएका छन् । दाउदलाई कराँचीमा विष खुवाइएको दाबी गरिएको छ ।
दाउदको अवस्था चिन्ताजनक रहेको बताइएको छ । यद्यपि घटनाको आधिकारिक पुष्टि भने नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।दाउद दुई दिनदेखि अस्पतालमा भर्ना रहेको बताइएको छ । यसअघि पनि दाउद धेरै गम्भीर रोगबाट पीडित रहेको दाबी गरिएको थियो । दाउदलाई अस्पताल भित्र कडा सुरक्षामा राखिएको बताइएको छ ।यसैबीच, मुम्बई पुलिसले दाउदको अस्पतालमा भर्ना बारे थप जानकारी उनका नातेदार अलिशा पारकर र साजिद वाग्लेबाट प्राप्त गर्ने प्रयास गरिरहेको छ । गत जनवरीमा दाउदकी बहिनी हसिना पार्करका छोराले राष्ट्रिय अनुसन्धान एजेन्सीलाई दाउद दोस्रो पटक विवाह गरेपछि कराँचीमा बसेको बताएका थिए ।








